मिडियाबाजी डटकम काठमाडौँ,साउन १० । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा यही जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वर्ल्ड हेरिटेज कमिटी) को ४६औं सेसन अन्तर्गत आज भएको मस्यौदा उपर छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।
नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयसहितको टोली उक्त सेसनमा सहभागी हुन नयाँ दिल्ली पुगेको थियो । वर्ल्ड हेरिटेज कमिटिका २१ देशमध्ये भारतसहित १९ देशका प्रतिनिधिले बुद्धजन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् ।