आज १३ अंकले घट्यो नेप्से, कारोवार रकम कति ?

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ९ ।  यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य ३ अङ्कले घटेर २ हजार ६६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो । आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर ७६ हजार ४१८ पटक खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँको कारोबार भएको छ ।

लगानी समूह शून्य दशमलव शून्य ८ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ।सबैभन्दा बढी विकास बैंक समूह १ दशमलव ६३ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ५४, वित्त शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ४९ र जलविद्युत् समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ ।

त्यसैगरी जीवन बिमा शून्य दशमलव ५५, लघुवित्त शून्य दशमलव ९४, म्युचुअल फण्ड शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार शून्य दशमलव शून्य सात र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर