सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  कार्तिक ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ८ ।  पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ ।

यसअघि बुधवार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर