सौर्यको जहाज दुर्घटना : पाइलट बाहेक कोही बचेनन्, १८ शव निकालियो (सूचीसहित)

  श्रावण ०९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,साउन ९ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको पाइएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । जसमा सर्वसाधारण यात्रु थिएनन् । नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए । त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक सवार रहेका थिए । चालकलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।

साउन ९, काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको पाइएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । जसमा सर्वसाधारण यात्रु थिएनन् ।

विमानमा सवार यात्रुको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको सौर्य एयरलाइन्स विमान दुर्घटनामा परेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर