दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना भएको खुलासा, चार जनाको शव निकालियो

  श्रावण ०९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,साउन ९ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको एन-एएमई सीआरजे २०० जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको पुष्टि गरे । उनकाअनुसार जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।

प्रत्यक्षदर्शीकाअनुसार जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ ।

पछिल्लो जानकारी अनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर