पहिलाे उद्दार खबर म्युजिक अवार्ड २०२३ मलेसियामा हुने

  कार्तिक ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ७ । नेपाली गीत संगीत,कला साहित्य चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्रमा लामो समयदेखि कृयाशिल ब्यक्तिहरुको योगदानको कदर गर्दै हौसला बढाउने उदेश्यले मलेसियामा पहिलो अन्तर्राष्ट्रिय उद्दार खबर म्युजिक अवार्ड कार्यक्रमको आयोजना गर्ने भएको छ।

पहिलो संस्करणको अवार्ड कार्यक्रममा विभिन्न २१बिधामा अवार्ड बितरण अवार्ड बितरण गरिने कुरा कार्यक्रमका अध्यक्ष  सानुकान्छा शाहिले जानकारी गराउनु भयो।चलचित्र क्षेत्रका नायक नायिका खलनायक,लेखक,नृत्यनिर्देशक,प्राबिधिकहरु गीतसंगित क्षेत्रका रचनाकार,संगीतकार,संगीतसंयोजक,

गायक गायिकाहरुको लागि विभिन्न बिधाहरु÷जस्तै लोक गीत,लोकदोहोरी गीत,आधुनिक गीत,पप गीत,रास्ट्रीय गीत,सेलो गीत र भाषाभाषि गीतहरुको नोमिनेसनको लागि फारम बितरण भईरहेको छ।

आबेदन फारम भरेका श्रस्टा कलाकारहरुको सृजनालाई एकआपसमा प्रतिस्पर्धा गराई निर्णायक  मन्डल र प्रत्यक्ष दर्शक स्रोताको भोटिङबाट उत्कृष्ट छनोट गरिनेछ। अवार्ड कार्यक्रमको फाईनल ५मार्च 2023 मा मलेसियामा हुनेछ।नोमिनेसनमा परेका प्रत्येक बिधाका ५/५ जना श्रस्टा कलाकारलाई नोमिनेसनको प्रमाणपत्र यहि आउदो महिनामा बितरण गरिनेछ।

अन्तिम नोमिनेसनमा परेका प्रत्येक बिधाको ५ जना मध्यबाट उत्कृष्टलाई उद्दार खबर  म्युजिक अवार्ड २०२३ बाट सम्मानित गरिनेछ।

तपाईंको प्रतिक्रिया

थप खबर