मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ६ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
आइतबार प्रतितोला एक लाख ६५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ९ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । हिजोको भन्दा ५ रूपैयाँ बढेको चाँदी २१ सय रूपैयाँमा कारोबार भइरहेको छ ।