मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ५ । आज सेयर बजार ५७.९९ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो ।
२३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटेका छन् ।