मिडियाबाजी डटकम काठमाडौँ , असोज ५ । दशैँ नजिकिंदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । काठमाण्डौ उपत्यकाका असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड, भृकुटीमण्डप, बानेश्वर लगायतका मुख्य बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेको हो । कतिपयले दशैँको किनमेल थालिसकेका छन् ।
आर्थिक मन्दीका कारण व्यापार नभएर निराश भएका व्यापारीहरु दशैँमा भने व्यापार बढ्ने आशामा छन् । सरकारी कर्मचारी तथा अरू कामकाजीले दशैँ खर्च पाएपछि र बिदा नजिक आएपछि ग्राहक बढ्ने व्यापारीहरुको अपेक्षा छ । अब घटस्थापना आउन दुई हप्ता पनि बाँकी छैन ।
अर्को हप्ताको शनिवारदेखि बिस्तारै व्यापार पढ्ने व्यापारीहरुले आशा गरेका छन् । दशैँकै लागि भनेर सरकारले अस्ति ३ गतेदेखि सहुलियत पसल पनि शुरु गरिसकेको छ । यी पसलमा पनि ग्राहकको चहलपहल बढ्न थालेको छ ।