बैंकबाट ऋण लिएर सेयर किन्नेहरु बढ्दै

  भदौ ०५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ५ ।   बैंकिङ्ग क्षेत्रमा कर्जाको माग सुस्त देखिएको बेला सेयर धितो कर्जा भने ह्वात्तै बढेको छ । एक वर्षमा सेयर धितोमा बैंकहरुले साढे १३ अर्ब बढी ऋण प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । एक वर्षमा सेयर धितो कर्जा १८.१ प्रतिशत बढेको देखिन्छ। अघिल्लो असार मसान्तसम्ममा बैंकहरुले कुल ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, गत असार मसान्तसम्म आइपुग्दा भने १३ अर्ब १३ अर्ब ७८ करोड ४९ लाख रुपैयाँ बढेको छ । योसँगै बैंकहरुले सेयर धितो कर्जामा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

पछिल्ला समय महिनैपिच्छे बैंकहरुको ब्यादर निरन्तर घटीरहेको छ । ब्याजदर घट्न थालेपछि सेयर धितो कर्जा प्रवाह पनि वृद्धि भएको हो । आर्थिक शिथिलतका कारण समग्रमा कर्जाको माग ज्यादै नै सुस्त छ । तर, पनि सेयर धितो कर्जा भने दोहोरो अंकमा बढेको हो ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढेको छ । प्रणालीमा तरलता सहज भएपछि बैंकहरुको ब्याजदर घट्दै गएको छ । ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह भने बढ्दै गएको हो । विस्तारै सेयर बजार पनि बढ्दो क्रममा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर