बैंकबाट ऋण लिएर ‘घर-घडेरी’ जोड्नेहरु बढ्दै

  भदौ ०५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ५ ।   बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर घर घडेरी खरिद गर्नेहरु बढेका छन् । गत आर्थिक वर्षमा व्यक्तिगत आवासीय घर कर्जा दोहोरो अंकले वृद्धि भएको देखिन्छ ।

पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा कर्जाको माग ज्यादै कमजोर छ । तर, व्यक्तिगत आवासीय घर कर्जा, रियल स्टेट तथा जग्गा प्लटिङमा प्रवाह हुने कर्जा भने बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार २ करोडसम्मको आवासीय घर कर्जा उल्लेख्य बढेको देखिन्छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत घर निर्माणका लागि ३८ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ ऋण लिएका छन् । व्यक्तिगत आवासीय घर कर्जा ११.२ प्रतिशत वृद्धि भएको छ । अघिल्ला आवको असार मसान्तसम्ममा यस्तो शीर्षकमा ३ खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, गत आवको सोही अवधिमा आइपुग्दा भने बढेर ३ खर्ब ८७ अर्ब १ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

गत आवको घरकर्जा (रियल स्टेट लोन) पनि ७.५ प्रतिशत बढेको देखिन्छ । बैंक तथा वित्त कम्पनीहरुले एकै वर्ष १८ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ घरकर्जा प्रवाह गरेका छन् । अघिल्लो आवमा यस्तो शीर्षकमा कुल २ खर्ब ४९ अर्ब ४द्ध करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, गत आवमा आइपुग्दा भने २ खर्ब ६८ अर्ब १२ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर