मिडियाबाजी डटकम काठमाडौँ , पौष ३ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म रंगी को प्रदर्शन मिति घोषणा गरिएको छ ।
फिल्म फागुन २ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।
बुधबार मोसन पोस्टर सार्वजनिक गर्दै फिल्म भ्यालेन्टाइन डेको दिनमा रिलिज हुने घोषणा गरिएको हो । मोसन पोस्टरमा अभिनेता सलोन बस्नेत, बाल कलाकार आयुषी ढकाल र डेब्यु अभिनेत्री नम्रता श्रेष्ठलाई स्थान दिइएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म सुरेश न्यौपानेले निर्देशन गरेका हुन् ।
फिल्ममा दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरूङ, विशाल पहारी लगायतको पनि अभिनय छ । प्रस्तुतकर्ता तथा अभिनेता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ ।
रंगी सलोनको डेब्यु निर्माण फिल्म हो । सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द छ ।
त्यस्तै, यसमा बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी हेर्न सकिन्छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन् ।