ढुंगानाको अन्तिम संस्कारबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

  मङि्सर ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ३ ।  मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सोमबार बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने बताइएको छ । कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो ।

आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर