मिडियाबाजी डटकम काठमाडौँ, चैत ४ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा चीर ठड्याइएको छ ।
बिहान ७ बजेर ४७ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएसँगै होली पर्व शुरू भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रूपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।
नेवार समुदायले चीर ठड्याउनुलाई होलीको शुरुआतका रूपमा लिने गरेका छन् । असत्यमाथि सत्यको जीतका रूपमा चीर ठड्याइएको स्थानीय बताउँछन् ।