नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १ ।   उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीजि क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्न आग्रह गरेका छन् ।

मोरङ चेम्बर अफ कमर्शले आयोजना गरेको अन्तरक्रियाका क्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । कार्यक्रममा मोरङका व्यवसायीहरूले नीजि क्षेत्रले व्यवसाय दर्तादेखि अहिले भोगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

सरकारको अहिलेको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको भन्दै मन्त्री सिंहले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर