मिडियाबाजी डटकम काठमाडौं ,फागुन ४ । एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ । घरेलु टोली मलेसियाले नेपाललाई हराउँदै एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा ४ विकेटको जित दर्ता गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गरेको छ ।
घरेलु टोली मलेसियाले नेपाललाई हराउँदै एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा ४ विकेटको जित दर्ता गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गरेको छ ।नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ।
मलेसियाका लागि एलिसा हन्टरले ५३ बल खेल्दै ६९ रनको उत्कृष्ट पारी खेलेकी थिइन्। उनले ६ चौका प्रहार गरिन् । नेबलरले खासै राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित २९ रन बनाइन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिएक थिइन् ।
मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । मलेसियासँग पराजित भएसँगै नेपाल यसै वर्ष हुने महिला टी २० एसिया कप खेल्न पाउने अवरबाट बञ्चित भएको छ ।
्