डिजेल र मट्टीतेलको मूल्य बढ्यो, प्रति लिटर मुल्य कति पुग्यो ?

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ३० । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ । निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर