चितवनका  विभिन्न अस्पतालमा ३८६ जनामा स्क्रब टाइफस सङ्क्रमण

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , असोज २९ । चितवनका  विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए । सङ्क्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उनले बताए ।  

जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्क्रमित देखिएका छन् । पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा सङ्क्रमण देखिएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर