बुद्धको मन्त्र श्लोक त्रिशरण गमनम् सार्वजनिक

  बैशाख ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ वैशाख ०३। गत चैत २८ गते त्रिशरण गमनम्ः सार्वजनिक गरिएको छ । बुद्धम् शरणम् ! गच्छामि धम्मम् शरणम् गच्छामि!!संघम् शरणम् गच्छामि !!!यी तीन श्लोक समेटिएकको एल्बमलाई बुद्धशान्त पार्क निर्माण समितिले तयार पारेर सार्वजनिक गरिएको हो ।

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले श्लोक एल्बमको विमोचन गरेका हुन् ।बौद्धमार्गीहरूले १ सय ८ पटक मालामा मन्त्र जप्ने भएकाले सोही आधारमा १ सय ८ जना कलाकारहरूको स्वरमा यो ग्लोक रेकर्ड गरिएको प्रस्तुतकर्ता बुद्धशान्त पार्क निर्माण समितिका अध्यक्ष शान्तबहादुर शाक्यले बताए ।हाल अडियोका रूपमा मात्रै सार्वजनिक गरिएको यो एल्बमको श्लोकलाई भिडियोका रूपमा चाँडै नै तयार गरेर ल्याउने पनि अध्यक्ष शान्तबाहादुर शाक्यले मिडियाबाजीलाई जानकारी गराए ।

श्लोक एल्बमको कन्सेप्ट तथा परिकल्पना शान्त बहादुर शाक्यले र संगीत जुगल डंगोलले गरेका हुन् । जसमा अग्रज गायक गायिकाहरू ज्ञानु राणा, संगीता राना, जुजुकाजी रञ्जित, अमरराज गर्मा, रमना श्रेष्ठ, यमन श्रेष्ठ, प्रवेशमान शाक्य, लोचन भट्टराई, संगीता शाक्य,विजयनारायण मानन्धर, दिवाकर खड्का, निशा देशार, सानुबाबु महर्जन, कंजु‌मा सुब्बा, सरिता भारतीलगायत १ सय ८ जनाको स्वरमा ४३ मिनेट लामो बुद्धम् शरणम् गच्छामी श्लोक रहेको छ।यो श्लोकलाई १ सय ८ पटक नै गाएर तयार गरिएको पनि संगीतकार जुगलले जानकारी बताए हरेक कलाकारहरूले एक/एकपटक यो श्लोक गाउनुका साथै सामूहिक रूपमा पनि गाएका छन्। यसरी १ सय ८ जनाको स्वरमा तयार पारिएको यो मन्त्रोच्चारण माधुर्य बनेको छ। विमोचन समारोहमा बोल्दै उप्रधानमन्त्रीयादवले हामीले सिक्दै भोग्दै र पढ्दै जानेको समाजवाद गौतम बुद्धले पहिला नै प्रतिपादन गरिसकेका समेत बताए ।

महामानव शान्तिको अग्रदुत गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने सन्देश विश्वभरी फैलाउन तयार पारिएको यो श्लोकले विश्व शान्तिलाई मजबुत बनाउने विश्वास उपप्रधानमन्त्री यादवले व्यक्त गरे।सो कार्यक्रममा बोल्दै भिक्षु धर्ममूर्ति भन्तेले यसरी बुद्धम् शरणम् गच्छामीजस्तो पवित्र श्लोकलाई १ सय ८ जनाको स्वरमा रेकर्ड गरेर एल्बमका रूपमा ल्याउनु ऐतिहासिक कार्य भएको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर