मिडियाबाजी डटकम काठमाडौँ , असोज २८ । आईसीसी महिला टी-२० विश्वकपको महत्वपूर्ण खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले हराएको छ ।
भारतलाई पराजित गरेसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाले लगातार नवौं पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा १ सय ५१ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनाउन सक्यो ।
हारसँगै भारतको सेमिफाइनल यात्र कठिन बनेको छ । आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ । न्युजिल्याण्डले जिते सेमिफाइनल पुग्ने छ । अर्थात सेमिफाइनल पुग्न भारतले न्युजिल्यान्डको हार पर्खनु पर्नेछ । पाकिस्तानले न्युजिल्यान्डलाई हराएमा राम्रो नेट रन रेटका आधारमा भारतको सेमिफाइनल पुग्ने सम्भावना बढ्नेछ ।