उच्च बिन्दुमा पुगेर घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

  श्रावण ३०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन ३० ।  नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर