मिडियाबाजी डटकम काठमाडौँ आषाढ ३०। ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारीको पल्लाभारी सुनिश्चित भएको छ ।
अधिकारी ठमेलमा निकै लोकप्रिय र समाजसेवी व्यक्तिको रुपमा चिनिन्छन् ।ठमेलको विकास र पर्यटन प्रवर्द्धनका लागि कुनैपनि कार्य गर्न पछि नपर्ने अध्यक्षका प्रत्यासी अधिकारी बताउँछन् । आफु पार्टीगत नभई समग्र ठमेलको सुन्दर सभ्य सुरक्षित र सु-संस्कृत सहित व्यवसायीको हक अधिकारका लागि हरबखत लागि पर्ने तरिकाले नेतृत्वमा आएको बताए ।
यही असार ३१ गते हुन लागेको परिषद्को २८औं र २९औं वार्षिक साधारण सभा तथा निर्वाचनमा निवर्तमान अध्यक्ष भविश्वर शर्मा र अधिकारी पुनः प्रतिस्पर्धा गर्न लागेका हुन् । अधिकारीसँग परिषद्मा पुर्व महासचिव भएर काम गरेको राम्रो अनुभव रहेको छ ।
ठमेलका व्यवसायीहरू अधिकारीको नेतृत्वलाई भारी मतका साथ विजयी गराउन लागि परेको स्रोतले बताएको छ ।अधिकारीको समूहमा उपाध्यक्ष पदमा कृष्ण थपालिया, महासचिवमा सोजेशमान मालाकारले उम्मेदवारी दिएका छन् । यस्तै, सदस्य पदमा बद्री अर्याल, सुदर्शन खनाल, लालबाबु चौधरी, रञ्जयमान प्रधान, जनक सिंह तामाङ, नविन तामाङले उम्मेदवारी दिएका छन् ।