यस्तो छ आज विदेशी विनिमय दर ?

  श्रावण २९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २९ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।

हिजो अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर १३४.६४ रुपियाँ रहेकामा आज भने खरिद १३४.०६ रुपियाँ र बिक्री १३४.६६ रुपियाँ छ । त्यसैगरी आज युरो १ को खरिद दर १४६.४१ रुपियाँ र बिक्री दर १४७.०६ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने सो मुद्राको खरिद १४६.३२ रुपियाँ र बिक्री १४६.९८ रुपियाँ तोकिएको थियो ।

सोमबार पाउन्ड १ को खरिद मूल्य १७१.०८ रुपियाँ बिक्री दर १७१.८४ रुपियाँ थियो भने मंगलबारका लागि खरिद १७१.०९ रुपियाँ र बिक्री १७१.८६ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर