सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु

  श्रावण २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २७ ।  सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।

सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन् । निःसन्तान स्थापित दम्पत्तिलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभनदिँदै बैंकबाट सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए ।

राजेन्द्रकी श्रीमती जसबाटी बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैया झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन् । स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भएपनि जम्मा गरिदिन आग्रह गर्दा समेत सञ्चालक राईले नटेरेको बुझिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर