मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । साउदी अरबमा आयोजित स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल मड्रिडले आठ गोलको थ्रिलरमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । बुधबार भएको खेलमा रियल ५–३ गोलअन्तरले विजयी बन्यो ।
खेलमा रियल छैटौँ मिनेटमा नै पछि परेको थियो । मारियो हर्मोसोले एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, २० औँ मिनेटमा एन्टोनियो रुडिगरले रियलका लागि बराबरी गोल फर्काए ।
९ मिनेटपछि फर्लान मेन्डीले ड्यानी कार्भाहालको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । रियलको अग्रता लामो समय भने टिक्न सकेन । ३७ औँ मिनेटमा एन्टोनियो ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे । क्लबका लागि उनको यो रेकर्ड १ सय ७४ औँ गोल थियो । उनले लुइस आरागोनेसको कीर्तिमान भङ्ग गरेका हुन् ।