मिडियाबाजी डटकम काठमाडौँ , मंसिर २४ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।