सेवा खरिदमा डिजिटल भुक्तानी गर्ने उपभोक्तालाई नगद प्रोत्साहन

  भदौ २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २४ ।  आन्तरिक राजस्व विभागले विद्युतीय भुक्तानी प्रोत्साहन गर्ने निर्णय गरेको छ । विभागले हालै एक सूचना जारी गर्दै सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई नगद प्रोत्साहन दिने जानकारी गराएको हो ।

राजस्व विभागकाअनुसार उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेमा तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम फिर्ता पाउनेछन् । यो रकम सिधै उपभोक्ताको बैंक खातामा जम्मा हुनेछ । विभागले यस निर्णयलाई आम उपभोक्ता, व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर