मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २४ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार छापावाल सुन तोलाको एक सय रुपैयाँ बढ्दा चाँदी तोलाको पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अुनसार आज छापावाल सुन तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख ५२ हजार एक सय रुपैयाँ थियो । चाँदी आज तोलाको एक हजार ७५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भएसँगै त्यसको प्रभाव नेपालमा पर्ने गरेको छ ।