रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका संशोधनको तयारी

  भदौ २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २३ ।   सरकारले रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका संशोधन गर्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ आगामी असोज मसान्तसम्ममा संशोधन गर्ने जनाएको हो ।  अनुदानको मल बिक्री वितरण प्रक्रियाको सरलीकरणका लागि सो निर्देशिका संशोधन गर्ने मन्त्रालयको भनाइ छ ।  

मन्त्रालयका अनुसार रासायनिक मल वितरण प्रणालीमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार गरिने भएको हो । मल पर्याप्त भए पनि त्यसलाई वितरण तथा व्यवस्थापनमा समस्या देखिएका कारण त्यसलाई सरल र सहज बनाउनका लागि ऐन संशोधन गरिएको हो ।

सरकारले निर्देशिका तयार गरी सोही अनुसार तीन वटै तहमा मल वितरण तथा व्यवस्थापन सुरु गरेको थियो । तर त्यसमा समस्या देखिएका कारण त्यसलाई संशोधन गर्न लागिएको हो । 

तपाईंको प्रतिक्रिया

थप खबर