मिडियाबाजी डटकम काठमाडौं ,फागुन २३ । कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस गति अनियन्त्रित भई गजुरीको घाटबेशी पुल नजिक त्रिशूली नदीमा दुर्घटना हुँदा मृतक संख्या ६ पुगेको छ । सिदार्थ सार्वजनिक यातायात प्रालिको लु २ ख २१२१ नम्बरको बस आज बिहान दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
नदिमा खसेकामध्ये ४२ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोली तथा गजुरी गाउँपालिकाको प्रहरीको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ ल्याईएको छ ।
उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। मृतक संख्या अझै बढ्न सक्ने र उद्धारको काम भईरहेको प्रहरीले जनाएको छ ।