गोरखामा डेंगु संक्रमणबाट १ महिलाको मृत्यु

  असोज १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज १९ । गोरखामा डेंगु संक्रमणले एक महिलाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका(७ कुलगाउँकी ४८ वर्षीय निरमाया गुरुङको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गत भदौ १० गते एपोलो अस्पताल गोरखामा जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उनको उपचार भएको थियो ।

स्वास्थ्यमा सुधार नभएका कारण थप उपचारका लागि भरतपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रबार उनको मृत्यु भएको कार्यालयले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर