काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर, दिल्ली पहिलो बन्यो !

  बैशाख २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,वैशाख २३ ।  आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित शहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई एक सय ७७ पुगेको छ ।

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क एक्यूआई एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क एक्यूआई एक सय ९५ पुगेको थियो । शनिवार भने घटेर वायु गुणस्तर सूचकांक एक्यूआई एक सय ८५ रहेको थियो ।

एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित शहरको रुपमा भने भारतको दिल्ली शहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ शहर विश्वकै तेस्रो प्रदूषित शहरको रुपमा सूचीकृत भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर