महिला यू–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोटका लागि २० खेलाडी छनोट

  असोज १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज १८ । आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यू–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ क्यान ले २० खेलाडी छनोट गरेको छ । संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो ।

छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स ९यूएई०, कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनीषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर छन् ।

विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर