देशभर मनसुनी वायुको प्रभाव : कोशी र बागमतीमा भारी वर्षा

  असोज १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज १७ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ । हाल कोशी र बाग्मती प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो चार घण्टामा झापाको अनरमनी बिरता, शनिश्चरे,बाहुनडांगी, इलामको कन्याम टीस्टेट, बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपासमा सामान्यदेखि मध्यम वर्षा मापन भएको छ ।

यी क्षेत्रमा थप वर्षा हुने सम्भावना छ । कन्काइ नदी, हेवा खोला, पूवाखोला, माई खोला,अदुबा खोला, बाहुने खोलालगायत अन्य स(साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेशका थोरै स्थानमा एक(दुई स्थानमा हल्का दखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा हावा(हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर