उदाहरणीय बन्दै अमर्खु माध्यमिक विद्यालय

  श्रावण १९, २०८१

  • निर्मल पुरी ‘भोगी

मिडियाबाजी डटकम काठमाडौँ,श्रावण १९। धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर -३ मा सञ्चालित अमर्खु माध्यमिक विद्यालय उदाहरणीय बन्दै गइरहेको छ ।

पालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमध्ये पालिकास्तरमा उत्कृष्ट स्थान कायम गर्न सफल भएको छ। गत वर्ष भएको एसइइको परीक्षामा उत्तीर्ण सङ्ख्याको हिसाबले सबैभन्दा उत्कृष्ट (७१.८८%) स्थान बनाउन सफल भएको थियो । जसमा ३२ जना विद्यार्थीहरू सहभागी भएकोमा २३ जना उत्तीर्ण भएका थिए।

विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा पनि पालिकामै (विद्यार्थी सङ्ख्या र उत्तीर्ण सङ्ख्याको हिसाबले) शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराई उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । विद्यालय प्रतिको विभिन्न सकारात्मक तथा नकारात्मक आलोचनाहरू , भौतिक पूर्वाधार लगायतका वस्तुहरू आदिको अभाव बीचमा पनि विद्यालयले यो स्थान हासिल गर्न सक्नुमा विद्यालय व्यवस्थापन समिति , प्रधान्याध्यापक ,शिक्षकहरू ,उत्तीर्ण विद्यार्थीहरू, अभिभावकहरूको भूमिका सराहनीय बनेको महसुस हुन्छ। विद्यालयको नतिजा प्रति सरोकारवालाहरूले बधाई तथा शुभकामना दिँदै हार्दिकता प्रकट गरेका छन् ।

पूर्व प्रधानाध्यापक लाल बहादुर तामाङ फेसबुकमा समेत लेख्छन् (जस्ताको तस्तै):- मेरो भविष्यवाणी १००% मिल्यो ।”जत्ति होच्याइन्छ , त्यत्ति नै अग्ल्याइन्छ ” धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं -३ अमर्खु अन्तर्गत पर्ने यस श्री अमर्खु मा.वि.काे सम्पूर्ण टिमको निरन्तर प्रयासले आज हामी सगरमाथा (Mount Everest) काे चुचुरोमा पुग्न सफल भएका छौँ । यसको चुचुरोमा ७ मिटर फराकिलो ठाउँ छ , हामी सधैं त्यहीं रहन चाहान्छौं । विज्ञानको नियमानुसार चुचुरोमा पुगेपछि तलतिर फर्कनुपर्छ वा झर्नुपर्छ तर अब हामी चुचुरोबाट धेरै तल फर्कन चाहान्नौं केही वर्ष त्यसकै वरिपरि नै रहनेछौं धेरै तल आउँदैनौ ।

यस महान उद्देश्यमा पुग्नका लागि आ – आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने मेरा अग्रज व्यक्तित्वहरु ,विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ ,वडा समिति ,अभिभावक ,सम्पूर्ण शिक्षक टिम, समाजसेवी,शिक्षाप्रेमी,बुद्धिजीवी र सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा मेरो व्यक्तिगत र सिंगो विद्यालयको तर्फबाट हार्दिक आभार तथा नमन् व्यक्त गर्न चाहान्छौं ।माध्यमिक परीक्षा (SLCE) मा सफल हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा उच्च शिक्षा अध्ययन र उज्वल भविष्यको कामना गर्दछु ।अन्त्यमा : अब मेरो जीवनले नयाँ मोड लिएको छ । धन्यवाद Thanks 🙏🙏🙏 God .

तपाईंको प्रतिक्रिया

थप खबर