न्यूरोडबाट फर्कियो महानगर प्रहरी, बालेनले काटेको सडक धमाधम पिच गरिंदै

  जेठ २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,जेठ २१ ।   काठमाडौं न्यूरोडमा सडक विभागले गरेको पिच रोक्ने महानगर प्रहरीको प्रयास असफल भएको छ । प्रहरी समेत उपस्थित भएपछि नगर प्रहरी फर्किएका छन् ।

केही दिनअघि काठमाडौं महानगरले फुटपाथ फराकिलो बनाउने भन्दै सडकका किनारा भत्काएको थियो । भत्काएको सडक आज सडक विभागले पुरेर पहिलाकै अवस्थामा फर्काउन थालेको हो । सडक विभागले काम थालेको थाहा पाएपछि मेयर बालेन्द्र साहले नगर प्रहरी पठाएर रोक्ने कोशिस गरेका थिए ।

नगर प्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवादको अवस्था सिर्जना भएको थियो । केही स्थानीयले नगर प्रहरीविरुद्ध नाराबाजी समेत गरेका छन् । त्यसपछि घटनास्थलमा नेपाल प्रहरी प्रवेश भएको थियो । प्रहरीको प्रवेशपछि नगर प्रहरी हच्किदै अहिले फर्किएका छन् । सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन् । स्थानीयवासीहरु भने विभाजित देखिन्छन् । कसैले सडक विभागलाई साथ दिएका छन् भने कसैले विरोध पनि गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर