मिडियाबाजी डटकम काठमाडौँ, वैशाख २१ । चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।
यस वर्षको अप्रिल महिना सन् १९०१ पछिकै गर्मी महिनाको रुपमा विश्वमा दर्ज भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । नेपालमा पनि प्रचण्ड गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ ।