बंगलादेशसँगको बिजुली निर्यात सम्झौता अगाडी बढ्यो, भोली हस्ताक्षर गर्ने तयारी

  असोज १६, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , असोज १६ ।  नेपाल, भारत र बङ्गलादेशबीच भोलि त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । बङ्गलादेशले पहिलो पटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो । सम्झौतामा हस्ताक्षरको पूर्व सन्ध्यामा नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिव स्तरीय बैठक हिजो सम्पन्न भएको छ ।

नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्यतसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक काठमाडौँमा सम्पन्न भएको हो । बैठकमा भोलि १७ गते नेपाल–भारत–बङ्गलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बङ्गलादेशबीचको ऊर्जा विकासका सम्भावनालगायतका विषयमा छलफल भएको कार्यदलका संयोजक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर