मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १६ । डा. मुकुन्द ढकालले आफूमाथि गरिएको कारवाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएका छन् ।
ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन् । उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५ औं दिन मात्र सोसम्बन्धी पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन् ।