मिडियाबाजी डटकम काठमाडौँ, वैशाख १९ । नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा अलआउट हुदै १५१ रन बनाएको थियो ।
नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाए । त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको थियो ।
वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाए । त्यस्तै किमो पाउलले १३ रन बनाएक्ँ ीथ्ए ।
त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिए ।