एमाले कर्णाली प्रदेश अधिवेशनका दुई दाबेदारद्धारा उम्मेदवारी फिर्ता

  असोज १३, २०८०

मिडियाबाजी काठमाडौँ, आश्विन १३ ।  नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्षका उम्मेदवार मध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन ।

निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका थिए । जसअनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर