मिडियाबाजी डटकम काठमाडौं, माघ १६ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन् । गएराति हिरासत तोडेर ६ अभियुक्त फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार फरार हुनेमा दुईजना हातहतियार, दुईजना लागुऔषध र दुईजना अन्य मुद्दामा हिरासतमा रहेकाहरू हुन् । उनीहरूको तीव्र खोजी भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।