४५ लाखबाट मर्मत भएको कच्ची सडकमा मान्छेसमेत हिँड्न नमिल्ने

  असार १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १४। धादिङ जिल्लाको थाक्रे गाउँपालिका -३, स्थित निगाले डाँडागाउँ खर्क भन्ज्याङ जोड्ने कच्ची सडकमा अहिले सवारी गुड्नु त कहाँ हो कहाँ मानिस हिड्न समेत नमिल्ने अवस्थामा पुगेको छ।

करिब तीन किलोमिटर मात्रै रहेको उक्त सडकको लागि पछिल्लो आर्थिक वर्षमा बाग्मती प्रदेश सरकारबाट ४५ लाख बजेट विनियोजन भएको थियो। उक्त बाटो मर्मत सम्भार गर्नको लागि ढुङ्गाको स्वेलिङ , ग्याबिन जाली ,ग्राबेल र बाटो फराकिलो गरी ६ मिटर कायम गरिनुपर्ने थियो तर त्यसो भएन त्यहाँको सडक निर्माण समितिको मिलेमतोमा बाटोको काम जनताको आँखामा छारो हाल्ने काम मात्रै भएको देखिन्छ।

सडक निर्माण समितिले मर्मत गरेको लापरबाही देखिएकाले मिति २०८०/०१/१५ गते एक स्थानीय व्यक्ति(राजेन्द्र मल्लले) न्यायिक समितिसमक्ष गाउँपालिकामा निवेदन पनि दिए तर कुनैपनि सुनुवाई भएन । स्थानीयहरूको गुनासो अनुसार त्यहाँ सडकको निर्माण समिति बनाउने क्रममा सबैलाई जानकारी नदिई रातारात समितिको पदाधिकारी चयन गरेका थिए।

पालिकामा दिएको निवेदन

बैशाख १५ गते पालिकामा परेको निवेदन

समितिको अध्यक्ष मेघनाथ पराजुलीलाई‌ पटक पटक सम्पर्कमा ल्याउने कोशिस गर्दापनि उनले फोन उठाएनन्। प्रदेश ईन्जिनियर ताराकान्त मन्डललाई हामीले सम्पर्क गरी उक्त सडकको बारेमा बुझ्दा मापदण्ड अनुसार र अनुमानित बजेट (ईस्टिमेट) अनुसार सो सडक निर्माण सम्पन्न भएको हामीलाई बताए।

तपाईंको प्रतिक्रिया

थप खबर