आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

  बैशाख १६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १६ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ५४ पैसा र बिक्री दर १४४ रूपैयाँ २० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७१ पैसा र बिक्री दर १६३ रूपैयाँ ४६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर