मिडियाबाजी डटकम काठमाडौं, चैत १५। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागवण्डा लगभग टुंगो लगाउने भएका छन् ।
बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भन्नेछ’, उनले भने, ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’उनका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । कुन दललाई कुन मन्त्रालय भागबन्डा हुने अझै टुंगो लागेको भने छैन।