मिडियाबाजी डटकम काठमाडौं, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहाल र सरकारको मुख्य घटक एमाले अध्यक्ष ओलीबीच बालुटारमा भेटवार्ता भएको छ ।
यी दुई नेताबीचको भेटमा निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरण, उनलाई सरकारमा ल्याउने विषय र समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।