सुनको भाउ घट्यो कतिमा हुँदैछ कारोबार?

  चैत १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत १४ । सुनको भाउ लगातार घटेको छ । यो ३ दिनमा सुनको भाउ १८ सय रुपैयाँले घट्न पुगेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

 यसअघि, सोमबार छापावाला सुन १ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर