मिडियाबाजी डटकम काठमाडौं, बैशाख १४। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ ।
राष्ट्रिय चिया दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा चौथो चिया महोत्सव सुरु भएको हो ।अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।महोत्सव बिहीबार काठमाडौंमा शुक्रबार र शनिबार इलाममा हुनेछ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् ।
विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ । १५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ ।महोत्सवको उद्घाटन कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले संयुक्त रुपमा गरेका छन् ।