मिडियाबाजी डटकम काठमाडौं, चैत १३ । आगामी आर्थिक वर्षको बजेट पेस गर्न दुई महिना बाँकी रहेको छ तर मन्त्रालय कस्तो बजेट निर्माण गर्ने हो अन्योलमा छ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसदमा बजेट पेस गर्नु पर्ने हुन्छ।बजेटको तयारीको लागि अहिले लेखन समिति गठन गरी मन्त्री स्तरमा बजेट छलफल गर्ने समय हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १६ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्रीसँग समन्वयन गरेर काम गर्ने सम्भावना छैन।अहिले अर्थले राजनीतिक वा मन्त्रीले चासो राख्ने गर्नु पर्ने काम पन्छ्याएर बजेटको काम अघि बढाएको छ।
‘बजेट एक प्रकारको राजनीतिक दस्तावेज पनि हो, कस्तो प्रकारको सिद्धान्तमा केन्द्रित रहेर बजेटलाई आकार दिने हो भन्ने विषयमा नयाँ मन्त्री आएपछि नै टुंगिने विषयमा हो,’ अर्थका एक अधिकारी भन्छन्।