मिडियाबाजी डटकम काठमाडौं, माघ १३ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०का बिक्री खुला गरेको हो ।
जारी पुँजी रू एक अर्बको ३४ प्रतिशत बराबरको रू ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि रू १० लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकिएको छ । दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याईएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता शेयर प्रतिकित्ता रू एक सयका दरले सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।